REGD. NO : 01/2075/2076

2026-09-10 A.D.

ALWAYS WILLING TO HELP AND GROW WITH THE COMMUNITY

Contact Us

+977- 053540426
+977- 9802540426

Bankning Hour

Sun-Thur (10am-5:30pm)
Friday (10am-3:30pm)
Saturday Off

तीन दिने लघु व्यवसाय खेल तालिम सम्पन्न

Notice Date : 2026-08-23 Posted 2 weeks ago

लघु व्यवसाय खेल तालिम सम्पन्न

लघु व्यवसाय खेल तालिम सम्पन्न

सेवा शुभारम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) र German Sparkassenstiftung for International Cooperation को प्राविधिक सहयोगमा सञ्चालित तीन दिने कृषक व्यवसाय खेल तालिम सम्पन्न भएको छ ।
समुद्धघाटन कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष श्री मणिश्वर घिमिरे, उपाध्यक्ष श्री निर्मल कुमार भण्डारी,सचिव श्री मनोज कुमार रेग्मी,कोषाध्यक्ष श्री सकुन्तला कुमारी लामा शिक्षा उप.समिति सदस्य श्री भिम प्रसाद सापकोटा, संस्थाको व्यवस्थापक श्री बिबेक कुमार ठाकुर, कर्जा अधिकृत श्री रोहितचन्द घिमिरे, लेखा अधिकृत सुभाष दहाल, नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालको उपस्थिती रहेको थियो। समुदघाटन कार्यक्रमको संचालन तथा सहजिकरण संस्थाका संचालक एवम् शिक्षा तथा तालिम उप समितिको सदस्य भिम प्रसाद सापकोटा ज्यूले गर्नु भएको थियो।

व्यवसायिक खेल अनुशिक्षण कार्यक्रममा संस्थाको उपाध्यक्ष निर्मल कुमार भण्डारीले उपस्थितलाई शुभकााना तथा स्वागत गर्दै गर्नु भएको र कार्यक्रमको आवश्यक्ता महत्तवको बारेमा प्रकाश पार्नु भएको थियो। साथै संस्थाको अध्यक्ष न्यूले संस्थाको आ.व २०८३।२०८४ को बार्षिक नीति,कार्यक्रम तथा बजेटको बुदा नं १२ को अनूसूचिको ०१ को रहेको सदस्य शिप विकास तथम उद्यम बिकास तालिम कार्यक्रम अन्तर्गत आयोजित तालिमले सदस्यहरूलाई व्यवसायमुखी र आत्मनिर्भर तथा व्यसायिक निर्णयमा आत्मनिर्भर बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताउनु भयो र संस्थाले यस आ.व. २०८३।२०८४ बार्षिक नीति,कार्यक्रम तथा बजेटहरुमा युवा,महिला तथा लघु व्यवसायहरुको प्रर्वद्धनको लागि सहयोग गर्ने,युवालाई सहकारी तर्फ आर्कषित गर्नको आवश्यक कार्यक्रम राखिएको र सदस्यलाई सुरक्षित बनाउनको लागि योगदानमा आधारित सदस्य सुरक्षा कार्यक्रमलाई निरिक्षण तथा अनुगमन गर्नको लागि एक उप समिति गठन गरी कार्य सम्पादन गर्दै सेवा शुभारम्भ साकोस सधैका लागि सबैका लागि मुल नारालाई प्रभावकारी बनाउनको लागि टेवा पुग्ने बताउनु भयो । नेफ्स्कुनले सेवा शुभारम्भ साकोससँग आगामी दिनमा पनि यस किसिमका सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा तालिमका सहभागीले व्यवसाय सञ्चालन गरिरहेका तथा व्यवसाय सुरु गर्न इच्छुक सदस्यहरूका लागि तालिम निकै प्रभावकारी, व्यावहारिक र फलदायी भएको अनुभव सुनाउनुभयो ।

२०८३ साल भाद्र महिनाको ०४ देखि ०६ गते सम्म तीन दिनसम्म सञ्चालन भएको उक्त तालिममा विभिन्न क्षेत्रका पुरुष ३ जना र महिला २२ गरी २५ जना सदस्यहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा सहभागिहरुलाई ५ जना सहभागिको दरले ५ वटा समुह बनाई प्रशिक्षण गराइएको थियो । उक्त तालिममा आमा जुस पसल,निजगढ जुस पसल,प्राप्ति जुस पसल,नारायणी जुस पसल,लक्ष्मी जुस पसल व्यवसायको नामाकरण गरी काल्पनिक व्यवसाय संचालन गरी संचालन गराई व्यवसाय सम्बन्धित आईपर्ने घटनाहरुको आधारमा खेलको माध्यमबाट प्रशिक्षण गर्दै गर्दा एउटै पुजी,स्रोतर जोखिमहरु अनुसार आमा जुस पसल प्रथम भएको थियो र सो समुहलाई उपहार समेत प्रदान गरिएको थियो साथै उक्त समुहमा सकुन्तला कुमारी लामा,मुना बुढाथोकी,सिता देबी खड्का,जानकी भटटराई सहभागि रहनु भएको थियो । उक्त तालिममा नेफ्स्कुनका नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपाने र कार्यक्रम अधिकृत सन्दिप राज ढकालले सहजीकरण तथा प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन तथा संचालन संस्थाका शिक्षा तथा तालिक उप समिति र व्यवस्थापक ज्यूले गर्नुभएको थियो ।

Appreciations
सहकारी बैकद्वारा उत्कृष्ट कारोबारी सम्मान
SSB Appreciations

सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।

आई.एम.ई रेमिटान्सबाट
SSB Appreciations

सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।