<p>यस संस्थाको आ.व.२०८३।२०८४ को बार्षिक नीति तथा कार्यक्रमको कार्ययोजना १४ मा कर्मचारी केन्द्रित तथा क्षमता बिकास कार्यक्रम शिर्षक अन्तरगत रहेको व्यवस्थापक क्षमता अभिबृद्धि तालिम व्यवस्था रहे बमोजिम नेफस्कूनद्वारा मिति २०८३।०५।१६ देखि २०८३।०५।१७ गते सम्म नेफस्कूनको सभा हलमा आयोजीत Applied Artificial Intelligence (AI) तालिममा संस्थाको व्यवस्थापक श्री बिबेक कुमार ठाकुर सहभागि रहनु भएको थियो । उक्त तालिममा सहजीकरणको लागी नेफस्कूनको सूचना प्रविधि प्रमखु कुपेश लामिछाने भएको थियो । उक्त तालिममा नेपाल भरिबाट १८ वटा सहकारी संस्थाका व्यववस्थापक तथा पदाधिकारीहरु सहभागि थिए भने हाल सहकारी क्षेत्रमा Applied Artificial Intelligence (AI) को महत्व तथा प्रयोगहरु सम्बन्धित बिषयहरुमा समुहगत छलफल तथा अभ्यास गर्दै सहकारी संस्थाको अभियानको अग्रपन्तीमा रहनु भएको व्यवस्थापकज्यूहरुलाई तालिक पश्चात् संस्थामा तत्कालै Applied Artificial Intelligence (AI) को प्रयोग सहकारी संस्थामा गर्न कार्ययोजना तयार गरी सहकारीको मूल्य मान्यता तथा अभियानलाई कसरी प्रभावकारी बनाउने भन्ने बिषयहरुको बारेमा जानकारी गराउदै तालिमको समापन गरिएको थियो ।</p>
सहकारी बैकद्वारा सिमरा कार्यालय अन्र्तगत उत्कृष्ट कारोबारी बिद्यामा आर्थिक बर्ष २०७४।२०७५ मा सम्मान गरिएको थियो ।
सााबिक शुभारम्भर साकोसले व्रिपेषण कारोबार तर्फ उत्कृष्ट भूक्तानी गरी संस्थामा आवद्ध सदस्यको सेवा गरिएको भनि आर्थिक बर्ष २०७४ मा आई.एम.ई रेमिटान्स कम्पनिले सम्मानित गरिएको थियो ।